images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ‘बिना तथ्य चालकलाई हत्यारा नभनियोस्’ :...

‘बिना तथ्य चालकलाई हत्यारा नभनियोस्’ : यातायात महासंघ

‘बिना तथ्य चालकलाई हत्यारा नभनियोस्’ : यातायात महासंघ

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रतिनिधि सभा सदस्य ऐन महरले सदनमा दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले एक विज्ञप्ति जारी गर्दै सांसद महरको भनाइको  भर्त्सना गरेका हुन्।अत्तरियामा भएको महाकाली यातायातको बस दुर्घटनाको विषयलाई लिएर सांसद महरले सदनमा 'चालकले गाडी ब्याक गरेर मारेको' भनी अभिव्यक्ति दिएका थिए। अध्यक्ष सिटौलाले उक्त अभिव्यक्ति तथ्यमा आधारित नभएको र यसले श्रमिकको भावनामा चोट पुर्‍याएको बताएका छन्।

    images
    images

    अध्यक्ष सिटौलाले भने, 'सदन जस्तो गरिमामय ठाउँमा बसेर बिना तथ्य एक राष्ट्रसेवक श्रमिकलाई 'हत्यारा' भन्नु लज्जास्पद कुरा हो। राजनीतिक लोकप्रियताका लागि बिना छानबिन बोल्नुले समाजमा नराम्रो असर पार्छ।'उनले दुर्घटना हुनु दुःखद भएको र मृतकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्। सिटौलाले अगाडि भने, 'एउटा चालकले यात्रुको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेको हुन्छ। कसैले पनि रहरले दुर्घटना गराउँदैन। तर, जिम्मेवार पदमा बसेका व्यक्तिले मजदुरलाई अपराधी जस्तो व्यवहार गर्नु दुःखद छ।'दुर्घटनाको सत्यतथ्य छानबिन होस्। यदि चालकको गल्ती भए कानुन अनुसार कारबाही होस्, तर गलत आरोप लगाएर मजदुरको अपमान नगरियोस् उनले भनेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend