काठमाडौँ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
यसअघि प्रतिनिधि सभाबाट पारित भएर सन्देशसहित राष्ट्रिय सभामा आएको यो विधेयकले २०४२ सालको विशेष सेवा ऐनका केही प्रावधानहरूलाई पुनः सक्रिय बनाउने उद्देश्य राखेको छ।विधेयक समितिमा पठाइएसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेका छन् । राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ १६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।




.gif)



