images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • कुलमानले अझै बुझाएनन् ऊर्जा मन्त्रालयले...

कुलमानले अझै बुझाएनन् ऊर्जा मन्त्रालयले मागेकाे १५ बुदे विवरण

कुलमानले अझै बुझाएनन् ऊर्जा मन्त्रालयले मागेकाे १५ बुदे विवरण

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई  १५ बुदे विवरण मागेको भए पनि उनले अझै बुझाएका छैनन् ।

    images
    images

    ऊर्जा मन्त्रालयले १५ दिनभित्र बुझाउने गरी १५ बुँदे विवरण मागेको थियो । असोज २३ गते ऊर्जा मन्त्री दीपक खड्काले आफू अध्यक्ष रहेको विद्युत प्राधिकरणसँग १५ बुँदे विवरण मागेका थिए । असोज ७ गते १५ दिनको अवधि सकिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दशैं बिदाका कारण नभ्याएको भन्दै थप समय मागे ।

    पहिलो पटक दिएको १५ दिनको समय सकिएको दुई सातामा पनि उनले विवरण बुझाएका छैनन् । ‘बिदामा सातै दिनमा विवरण मागेर दिन सकिँदैन । कार्यालयहरुमा दशैं, तिहार र छठको कारण बिदा थिए । विवरणहरु आउन समय लाग्यो,’ उनले भने, ‘खासै ठूलो विषय पनि छैन । १/२ दिनभित्रै बुझाउने तयारीमा छौं ।’

    images
    images

    ऊर्जा मन्त्रालयले प्रबन्ध निर्देशक घिसिङलाई विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको छ  । विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।

    विगत ४ वर्षदेखि प्रबन्ध निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको समेत विवरण मागिएको छ ।स्रोतका अनुसार घिसिङले विवरण बुझाएपछि कुनैमा कैफियत देखिए उनलाई स्पष्टीकरण सोधेर हटाउने तयारी छ ।मन्त्रिपरिषदमा उनलाई हटाउने प्रस्ताव गएको थियो । कुनै कैफियत नभई हटाउदा तत्कालै अदालतले स्टे अर्डर दिने भन्दै कुनै निर्णय नगरेको स्रोतको भनाइ छ ।

    डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयमा सरकार र प्राधिकरणको फरक मत छ । प्राधिकरणले सरकारको निर्देशन समेत अटेर गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ जसरी पनि उद्योगहरुबाट बक्यौता उठाउने पक्षमा छन् ।उनले टाइम्स अफ डे (टिओडी) मिटरिङको विवरण दिन नसकेको भन्दै उद्योगीहरुले बक्यौता तिर्न मानेका छैनन् । सरकारले  टिओडी मिटरको रेकर्ड नभएको भन्दै खपत भएको बिजुलीको मात्रै बक्यौता उठाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    बक्यौता नतिरेकोभन्दै प्राधिकरणले तिहारअघि ३४ वटा उद्योगको लाइन काटेको थियो । ३४ उद्योगको लाइन काट्दा प्राधिकरणले जसरी पनि असुल उपर गर्न सकिने भन्दै सरकारी उद्योगको लाइन भने काटेको थिएन । कुल ४९ उद्योगमध्ये ७ वटाले अदालतबाट स्टेअर्डर लिएका छन् । १२ उद्योगले यसबीचमा बक्यौताको पहिलो किस्ता तिरेका छन् । बक्यौताको पहिलो किस्ता तिरेका उद्योगमा भने लाइन जोडिएको छ । २ सरकारी उद्योगको लाइन काटिएको छैन् । बाँकी उद्योगको लाइन काटिएको छ ।

    प्राधिकरणले लाइन काटेपछि उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटमा उनीहरुले समस्या समाधान गरिदिन माग गरेका थिए । ओलीले उद्योगीहरु मर्कामा परेको भन्दै दीर्घकालीन समाधान दिने बताएका थिए ।उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको प्रमाण प्राधिकरणसँग नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । उनीहरुले प्रमाण दिए बक्यौता तिर्ने बताउँदै आएका छन्। प्राधिकरणले असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend