images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • नेपाली स्याउले बजार नपाउँदा आयात रोक्न...

नेपाली स्याउले बजार नपाउँदा आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग

नेपाली स्याउले बजार नपाउँदा आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले नेपाली स्याउले बजार नपाइरहेका बेला विदेशबाटस्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री, कृषिमन्त्री तथा सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताए। उनले अघिल्लो वर्षको साउन महिनामै पनि करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको बताएका छन्।  

    images
    images

    उनले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउँदै जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहेको र त्यसको करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको हुँदा बाँकी जमिन उपयोगविहीन रहेको बताए।‘राज्यले जुम्लामा एक अर्ब रुपैयाँ लगानी गरिदिए जुम्लाका किसानले नौ अर्ब रुपैयाँ बराबरको उत्पादन राज्यलाई दिन सक्छन्,’ उनले संसदमा भने। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend