images

२०८३ आश्विन २२ गते

images
images
images

स्वास्थ्य चौकीमा निःशुल्क दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुुरु

स्वास्थ्य चौकीमा निःशुल्क दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुुरु

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा दुई दिने शिविर शुक्रबारबाट सुरु भएको हो ।

    images
    images

    स्वास्थ्य शिविरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।

    निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्रीसँगै, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोख्रेल, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खतिवडा,  सुर्खेत आँखा हस्पिटलका अध्यक्ष तथा सुर्खेत रेडक्रस सोसाइटीका सभापति रामलाल आचार्य, औषधी वितरण संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेम भण्डारीलगायतको टोली डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले नगरवासिलाई स्वास्थ्य परीक्षण तथा शल्यक्रियामा सहज होस् भनेर समन्वयमा शिविर राखिएको बताउनुभयो ।

    images
    images

    दुई दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा कर्णाली प्रदेशका विशेषज्ञ चिकित्सकले सेवा दिने त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आँखा, कान, घाँटी, नाक, हाड जोर्नी, सहित  स्वास्थ्यसम्बन्धी अन्य सेवाहरु समेत सञ्चालनमा रहने छन् ।यसैबिच दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको आयोजनामा निःशुल्क मोतियाबिन्दुको समेत शल्यक्रिया गरिने भएको छ ।

    त्रिपुरासुन्दरी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया आँखा शिविरको आयोजना गरिएको हो ।सुर्खेत आँखा अस्पतालका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल  आचार्यले  रेडक्रसले  हरेक क्षेत्रका विपदमा परेका नागरिकलाई स्वास्थ्य सेवासहितको सहयोग गर्दै आइरहेको बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटीले दुर्गम जिल्लाका घर दैलोमा पुगेर सेवा प्रदान गरी दुर्गमका नागरिकको अन्धोपनाको समस्यालाई न्युनीकरण गर्ने रेडक्रसको मुख्य उद्देश्य रहेको सभापति आचार्यको भनाइ थियो ।जिल्लाका स्थानीय तहले रेडक्रससँग समन्वय गरी आफ्नो क्षेत्रका नागरिकको अन्धोपनाको समस्याका विषयमा जागरूकताका साथ समन्वय गरी सेवा उपलब्धतामा सहज गर्नुपर्नेमा आचार्यले जोड दिनुभयो ।

    शिविर कात्तिक  २४ गतेसम्म सञ्चालन हुने छ । शिविरमा जटिल प्रकारको शल्यक्रिया गर्नु परे त्रिपुरासुन्दरी नगरपालिका तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा प्रदेश हस्पिटल सुर्खेतमा निःशुल्क गरिने समेत बताइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend