images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सात दिनमा हेलो सरकारमा साढे ५...

सात दिनमा हेलो सरकारमा साढे ५ हजार गुनासा, २ हजार ५० वटा फर्छ्योट

सात दिनमा हेलो सरकारमा साढे ५ हजार गुनासा, २ हजार ५० वटा फर्छ्योट

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकारमा ५ हजार ५ सय ५७ वटा गुनासा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराइएको हो । प्राप्त गुनासामध्ये पोर्टलमार्फत २ हजार ३ सय ७९ र पोर्टलमार्फत सम्बन्धित ठाउँमा १ हजार ७२७ वटा गुनासा पठाइएको छ । त्यस्तै, पोर्टलमार्फत २ हजार ५० वटा गुनासा समाधान भैसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    images
    images

    त्यसैगरी पोर्टलमार्फत प्रक्रियामा रहेका ७५४ वटा गुनासा रहेका छन् । हेलो सरकारमा ३ हजार १७८ फोन उठेका र त्यसमध्ये फोनबाटै २ हजार १७७ समाधान भैसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend