images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • छोराको पढाइ प्रभावित हुने भन्दै विदेशी...

छोराको पढाइ प्रभावित हुने भन्दै विदेशी आमालाई नेपाल बस्न अदालतको अनुमति

छोराको पढाइ प्रभावित हुने भन्दै विदेशी आमालाई नेपाल बस्न अदालतको अनुमति

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनले एक विदेशी नागरिकको छोराको शिक्षा र ‘नाबालकको सर्वोत्तम हित’ लाई ध्यानमा राख्दै उनकी आमालाई नेपालमा बस्न अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइकेलको संयुक्त इजलासले मोनिका रोमेइको रिट निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी शिक्षा तथा खेलकुद मन्त्रालय लगायतका निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो ।मोनिका रोमेइकोका छोरा इजा रोमेइको नूरमोहम्मद सन् २०२० देखि कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित ताल बाराही माध्यमिक विद्यालयमा अध्ययनरत छन् । हाल कक्षा १० मा पढ्दै गरेका ती बालकको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरेको थियो । तर, छोराको साथमा संरक्षकका रूपमा रहेकी आमा मोनिकाको ‘आश्रित भिसा’ नवीकरणका लागि भने मन्त्रालयले सिफारिस नगरेपछि उनी कानुनी उपचारका लागि अदालत पुगेकी थिइन् ।

    images
    images

    आमाको भिसा नवीकरण नहुँदा उनले नेपाल छोड्नुपर्ने र त्यसबाट नाबालक छोराको संरक्षण र शिक्षामा गम्भीर असर पर्ने देखिएको थियो । अदालतले बालक कक्षा ५ देखि १० सम्म नेपालमै निरन्तर अध्ययन गरिरहेको र हाल माध्यमिक शिक्षा परीक्षा एसइई को तयारीमा रहेको तथ्यलाई विशेष ध्यान दिएको छ ।आदेशमा भनिएको छ, ‘नाबालकको संरक्षण गरी निज बालकको सर्वोत्तम हितलाई समेत मध्यनजर गरी निज निवेदकलाई आफ्नो मुलुक फर्कने सम्बन्धमा समयमा पर्याप्त सूचना दिई निवेदकका छोराको कक्षा १० को वार्षिक परीक्षा एसइई मा समावेश भई नतिजा प्रकाशन हुने समयसम्मका लागि...निवेदक मोनिका रोमेइकोका हकमा लाग्ने दस्तुर लिई कानुन बमोजिम भिसा नियमित गर्नु गराउनु । यो अन्तरिम आदेशसँगै अब मोनिकाले आफ्ना छोराको एसइई परीक्षा र नतिजा नआएसम्म नेपालमा वैध रूपमा बस्न पाउनेछिन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend