images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्की निर्मित...

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्की निर्मित फिल्मको देशभर एकल रिलिज

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्की निर्मित फिल्मको देशभर एकल रिलिज

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । आज (शुक्रबार)बाट एकमात्र नेपाली फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । अभिनेत्री प्रियंका कार्की निर्मित फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।यद्यपि, फिल्मले देशभरको हलका सबै शो भने पाएको छैन । किनभने ६ साता अघि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ र केही विदेशी फिल्म  पनि प्रदर्शनमा छन् ।‘मास्टर्नी’ आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले गर्ने क्रियाकलापमा आधारित फिल्म हो । क्राइम थ्रिलर/फ्यामेली ड्रमा जनरामा निर्मित फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायतका कलाकारको मुख्य अभिनय छ ।

    images
    images

    आयंका फिल्मसको प्रस्तुति रहेको फिल्म सुवेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेको फिल्ममा भारतीय प्राविधिक टिमले समेत काम गरेको छ ।कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको फिल्ममा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन छ । फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गरेको हो ।फिल्मको बुधबार साँझ काठमाडौँमा प्रिमिएर गरिएको थियो । प्रिमिएरका कलाकार तथा पत्रकारको बाक्लो उपस्थिति थियो । जसमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend