images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • कैलाश गाउँपालिकाले शिक्षक बैंक व्यवस्थापन कार्यविधि...

कैलाश गाउँपालिकाले शिक्षक बैंक व्यवस्थापन कार्यविधि पारित गर्‍यो

कैलाश गाउँपालिकाले शिक्षक बैंक व्यवस्थापन कार्यविधि पारित गर्‍यो

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ‘शिक्षक बैंक व्यवस्थापन कार्यविधि-२०८३ पारित गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र आवश्यकतामा आधारित बनाउन शिक्षक बैंक व्यवस्थापन कार्यविधि पारित गरेको हो ।कैलाश गाउँ शिक्षा समितिले तयार गरेको कार्यविधिलाई बिहीबार बसेको गाउँपालिकाको कार्यपालिकाको बैठकले कार्यविधि पारित गरेको हो । पारित गरे सँगै गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तथा जनशक्ति व्यवस्थापनमा देखिँदै आएको समस्याको हल हुने भएको छ । 

    images
    images

    विद्यालयमा विद्यार्थी संख्या, विषयगत आवश्यकता तथा शिक्षकको उपलब्धताका आधारमा शिक्षक व्यवस्थापन गर्न शिक्षक बैंक प्रभावकारी माध्यम बन्ने कैलाश गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले बताए । शिक्षकको अभाव भएका विद्यालयमा आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउने तथा कतिपय विद्यालयमा बढी रहेका शिक्षकलाई व्यवस्थापन गर्ने उद्देश्यले कार्यविधि ल्याइएको उनले बताए । भौगोलिक रूपमा विकट तथा ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा समेत गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने र शिक्षक अभावका कारण पठनपाठनमा समस्या हुन नदिने गाउँपालिकाको लक्ष्य रहेको छ, अध्यक्ष मुक्तानले भने । शिक्षक बैंकमार्फत शिक्षक व्यवस्थापन गर्दा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी पारदर्शी र व्यवस्थित ढंगले शिक्षक परिचालन गर्न सकिने विश्वास गाउँपालिकाको छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि सुधारसँगै विद्यालय शिक्षाको समग्र गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । 

    शिक्षकहरू सुत्केरी बिदा, किरिया बिदा, सरुवा भई तत्काल दरबन्दी रिक्त भएको अवस्थामा दरबन्दीमा स्थायी तथा अस्थायी शिक्षक व्यवस्थापनको समस्या रहेको सन्दर्भमा शिक्षक व्यवस्थापन, शिक्षक आपूर्ति, सिकाई सुनिश्चितता, शैक्षिक क्षति न्यूनीकरण र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी शिक्षक बैंक स्थापना गरिएको अध्यक्ष मुक्तानले बताए ।  शिक्षक बैंक स्थापनाको उद्देश्य सामुदायिक विद्यालयहरूमा आवश्यक शिक्षकहरूको व्यवस्थापन गर्नुका साथै विद्यालयमा आंशिक आवश्यकताको पूर्ति गरी सिकाई क्षति न्यूनीकरण गर्नु रहेको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकाससँगै शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ उपलब्धि वृद्धिलाई समेत प्राथमिकतामा राखेर शिक्षक बैंक स्थापना गरिएको बताए । शिक्षक बैंकले शिक्षण पेसालाई सेवा प्रवाह गर्ने स्रोतको रूपमा हेरिन्छ, जहाँ शिक्षकहरूलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ, प्रमुख जोशीले भने ।  दुर्गम क्षेत्र, आपत्कालीन अवस्था, शिक्षकले अवकाश पाए वा कुनै शिक्षक बिदामा बसे भने शिक्षक बैंकबाट शिक्षकहरू पठाउन सकिने उनले बताए ।

    images
    images

    क्षिक बैंक मार्फत शिक्षकहरू पूर्णकालीन नभई आवश्यकता अनुसार माग–समय अनुसार परिचालन गरि शैक्षिक सेवालाई निरन्तरता दिइने गाउँपालिकाका स्रोत शिक्षक ध्रुवराज विष्टले बताए । कार्यविधिमा भए अनुरुप शिक्षक बैंकमा सूचीकृत हुन प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय सहायक कर्मचारी लेखापालको लागि कक्षा १२ उर्तीण गरेको हुनुपर्ने विष्टले बताए । प्रावि, निमावि र मावि तहका लागि न्यूनतम योग्यता सम्बन्धित तहका लागि शिक्षा आयोगले निर्धारण गरे बमोजिमको हुनुपर्ने उनले बताए । कैलाशमा ६ वटा माध्यमिक विद्यालय, ४ वटा निम्न माध्यमिक विद्यालय, २३ वटा प्राथमिक विद्यालय र १० वटा आधारभूत विद्यालय गरी ४३ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend