images

२०८३ आश्विन १९ गते

images
images
images

सुपर मादी हाइड्रोपावरको नाफा १६ करोड

सुपर मादी हाइड्रोपावरको नाफा १६ करोड

images
images
शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्त सम्ममा सुपर मादी हाइड्रोपावर लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ । 

    images
    images

    समीक्षा अवधिमा १६ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ५०.८३ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले १० करोड ६९ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

    कम्पनीको विद्युत बिक्री आम्दानी केही घटे पनि वित्तीय खर्च घटेका कारण खुद नाफामा सुधार देखिएको हो ।

    images
    images

    पहिलो त्रैमास सम्म कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड २७ लाखबाट घटेर ४२ करोड १५ लाख रुपियाँमा झरेको छ । त्यस्तै, खुद नाफा पनि ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाखमा सीमित भएको छ । 

    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३०।७२ रुपियाँ, प्रतिशेयर नेटवर्थ ११४.३१ रुपियाँ र मूल्य आम्दानी अनुपात ९.७६ गुणा रहेको छ ।

    २ अर्ब १० करोड रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३० करोड ५ लाख रुपियाँ सञ्चित छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend