बहु प्रतिक्षित चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।
रसुवाको थम्बुचेत स्थित चिलिमे हब सबस्टेसन देखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसी स्थित त्रिशूली थ्री बी हब सबस्टेसन सम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा तत्काल चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडिने छ ।




.gif)





