images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक...

प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

images
images
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा पर्यावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । 

    images
    images

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८१।०८२’ पेस गर्ने कार्यसूची छ । 

    सभामा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    images
    images

    बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend