images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट...

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ।बालकुमारीदेखि बल्खु हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट प्रणाली जडान गरिएको जानकारी महानगर प्रमुख चिरिबाबु महर्जनले दिएका छन्।स्मार्ट स्ट्रिट लाइट प्रणाली नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले भित्र्याएको दाबी नगरप्रमुख महर्जनले गरेका छन्। जडान कार्य सम्पन्न भइसकेकाले अब उद्घाटनको तयारी गरिएको उनले जानकारी दिएका छन्। बुधबार बेलुका बालकुमारी पुलबाट बटन दबाएर बत्ती बाल्दै स्मार्ट स्ट्रिट लाइटको औपचारिक शुभारम्भ गरिनेछ।

    images
    images

    सोमबार आयोजित चिकित्सकसहितको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले चक्रपथबाहेक महानगरभित्रका मुख्य सडकहरूमा समेत स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको बताएका छन्। चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा थप उज्यालो र सुरक्षित देखिने उनको भनाइ छ।‘नेपालमा स्मार्ट स्ट्रिट लाइट पहिलोपटक हामीले ल्याएका हौँ,’ नगरप्रमुख महर्जनले भने, ‘हामीले इन्स्टल गरिसकेका छौँ र पर्सि बेलुकी ७ बजे बालकुमारीको पुलबाट बटन दबाएर यो बत्ती बाल्नेछौँ। त्यसपछि ललितपुर महानगरपालिका एकदमै उज्यालो हुन्छ।’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा रातिको समयमा दक्षिणतर्फबाट अवतरण गर्ने यात्रुले जहाजबाट मुनि हेर्दा जुन सहर उज्यालो देखिन्छ, त्यो ललितपुर महानगरपालिका हुने दाबी उनले गरेका छन्।महानगरपालिकाले स्मार्ट स्ट्रिट लाइटलाई सहरी पूर्वाधार र रात्रिकालीन सुरक्षा सुधार गर्ने महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाएको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend