images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेर...

तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेर मलेसिया जान लागेका निगमका दुई कर्मचारी पक्राउ

तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेर मलेसिया जान लागेका निगमका दुई कर्मचारी पक्राउ

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले  बताए । 

    images
    images

    तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ । राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन । प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ । पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८  रिंगेट बरामद गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend