images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • ११ वटा जलविद्युत कम्पनीको लाभांश घोषणा,...

११ वटा जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ?

११ वटा जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनले कति दिए ?

images
images
बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • काठमाडौं । सञ्चालनमा रहेका ९१ विद्युत कम्पनीमध्ये अहिलेसम्म ११ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।अहिलेसम्म ११ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।लाभांश घोषणा गरेका केही कम्पनीले साधारण सभासमेत गरिसकेका छन् भने केहीले सभाको घोषणा गरेका छन् ।

    images
    images

    नेप्सेमा सूचीकृत भएका मध्ये अहिलेसम्म बिन्ध्याबासिनी हाईड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली, रु रु जलविद्युत परियोजना, मन्दकीनि हाईड्रोपावर, साहस उर्जा, भगवति हाईड्रो, माण्डु हाईड्रोपावर, सुपरमाई, र सुपरमादी हाइड्रोपावर कम्पनी रहेका छन् ।

    बिन्ध्याबासिनी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । यो पटक कम्पनीले बोनस मात्रै दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    images
    images

    सगरमाथा जलविद्युत कम्पनीले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस ४.७५ र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीले आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    अपि पावर कम्पनीले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशतसहित ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कात्तिक ११ गते वार्षिक साधारणसभा गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

    अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ३.१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३ प्रतिशत र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव पारित गर्न कात्तिक १४ गते वार्षिक साधारण सभा गरेको छ ।

    रु रु जलविद्युत परियोजनाले १५.७८ प्रतिशत लाभांश दिंने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव गरेको हो ।

    मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

    साहस उर्जाले एकै पटक चार वर्षको साधारणसभा गरेको छ । कम्पनीले चार वर्षमा पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगदसहित ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

    कम्पनीले कात्तिक ४ गते साधारण सभा बोलाएर उक्त प्रस्ताव गारित गरेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

    भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरेको छ । कम्पनीले यो पटक सेयरधनीलाई १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    माण्डु हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक कम्पनीले बोनस सेयर नदिने भएको छ । नगद मात्रै दिएको छ । असोज १४ गते सम्पन्न कम्पनीको बार्षिक साधारणसभा ले उक्त लाभांश पारित गरेको छ ।

    सुपरमाई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले गत आवको नाफबाट ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश गरी १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    सुपर मादी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोसन ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश रहेको छ । यो प्रस्ताव कात्तिक ५ गते बसेको वार्षिक साधारण सभाले पारित गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend