images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ग्यास अभाव समाधानका लागि काठमाडौँमा सबै...

ग्यास अभाव समाधानका लागि काठमाडौँमा सबै ग्यास सिलिन्डर एकै ठाउँबाट वितरण गर्न प्रजिअको आग्रह

ग्यास अभाव समाधानका लागि काठमाडौँमा सबै ग्यास सिलिन्डर एकै ठाउँबाट वितरण गर्न प्रजिअको आग्रह

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख (प्रजिअ) ईश्वरराज पौडेलले अहिलेको अवस्थामा काठमाडौँमा सबै किसिमका ग्यास सिलिन्डर एकै ठाउँबाट  उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ग्यास अभावको समस्या समाधान नभएसम्मका लागि यस्तो आग्रह गरेका हुन् ।

    images
    images

     उपत्यकामा सबै ग्यास पसलहरू २४ घण्टा खुला गर्नुपर्ने पनि उनले बताए । ‘बजार के गर्छ भने आफ्नो अनुकूलमा खोल्छ । २४ घण्टा बजार खोल्ने व्यवस्था मिलाउनुपर्छ । यसका लागि मन्त्रालय, निगम र व्यवसायीले समन्वय गर्नुपर्ने होला । त्यसका लागि जिल्ला प्रशासनले के सहयोग गर्नुपर्ने हो हामी तयार छौँ ,’ उनले भने, ‘काठमाडौँ जिल्लाका उपभोक्ताले भोग्नुपरेका समस्या समाधान हुन्छ भने २४ घण्टा खटिन तयार छौँ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend