images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • कर्नाटकमा गुट्खा र सुर्तीजन्य पान मसाला...

कर्नाटकमा गुट्खा र सुर्तीजन्य पान मसाला उत्पादन तथा बिक्रीमा एक वर्ष प्रतिबन्ध

कर्नाटकमा गुट्खा र सुर्तीजन्य पान मसाला उत्पादन तथा बिक्रीमा एक वर्ष प्रतिबन्ध

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • बेंगलुरु । भारतको कर्नाटक सरकारले सुर्ती वा निकोटिन मिसाइएका गुट्खा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । राज्यको खाद्य सुरक्षा आयुक्तको कार्यालयले जनस्वास्थ्यको कारण देखाउँदै यस्तो आदेश जारी गरेको हो ।यो प्रतिबन्ध खाद्य सुरक्षा तथा मापदण्ड ऐन, २००६ तथा खाद्य सुरक्षा तथा मापदण्ड (बिक्रीमा प्रतिबन्ध तथा नियन्त्रण) नियमावली, २०११ अन्तर्गत लगाइएको हो ।

    images
    images

    कर्नाटकको खाद्य सुरक्षा तथा औषधि प्रशासनका अनुसार प्रतिबन्ध सुर्ती वा निकोटिन भएका गुट्खा र पान मसालामा लागू हुनेछ । नाम जेसुकै राखिएको भए पनि अन्तिम उत्पादनमा सुर्ती वा निकोटिन रहेको अन्य उत्पादन पनि प्रतिबन्धको दायरामा पर्नेछ ।त्यस्तै, छुट्टाछुट्टै प्याकेजमा राखिएका तर उपभोक्ताले सजिलै मिसाएर प्रयोग गर्न सक्ने गरी बिक्री वा वितरण गरिने सुर्ती तथा निकोटिनयुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ ।आदेश जारी भएको मितिदेखि नै प्रतिबन्ध लागू भएको हो र एक वर्षसम्म कर्नाटकभर कायम रहनेछ । खाद्य सुरक्षा आयुक्तले यो निर्णय जनस्वास्थ्यको हितमा गरिएको बताएका छन् ।
     कर्नाटक सरकारले यसअघि पनि गुट्खा तथा पान मसालामा लागुऔषधजन्य पदार्थ मिसाइएको पाइएमा बिक्रीमा कडाइ गर्ने चेतावनी दिएको थियो ।

     

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend