images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर...

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडाैँ । पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन र इस्लामाबाद समझदारी ज्ञापनपत्र (एमओयू) लाई अगाडि बढाउन मद्दत गर्न निरन्तर प्रयास गरिरहेको जनाएको छ।पत्रकारहरुसँगको साप्ताहिक साक्षतकारमा बोल्दै पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तान वार्ता र कूटनीतिका माध्यमबाट सङ्कट समाधान गर्न सहयोग गर्ने निरन्तर प्रयासरत रहेको बताएका हुन्।

    images
    images

    पाकिस्तान शान्तिका लागि आशावादी रहेको बताउँदै उहाँले तनाव बढेपछि पनि अमेरिका र इरानले वार्ता गरिरहेको बताए।अन्द्राबीले जारी चुनौतीहरूको बाबजुद इस्लामाबादले शान्ति प्रवद्र्धन गर्ने प्रयासहरू जारी राख्ने कुरामा जोड दिँदै पाकिस्तान बढ्दो तनावबाट निरुत्साहित नभएको र स्थितिमा सुधार हुँदा आशावादी रहेको बताए।बाँकी चुनौतीहरूको समाधान गर्ने उद्देश्यले रचनात्मक वार्ताको निरन्तरता सुनिश्चित गर्न पाकिस्तानले प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट विरोध गर्नेहरुको प्रयासलाई प्रतिरोध जारी राख्ने प्रवक्ता अन्द्राबीले बताए।पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नकवी हाल इरानको भ्रमणमा हुनुहन्छ जहाँ उहाँले इरानी नेतृत्वसँग शान्ति प्रयास र द्विपक्षीय सम्बन्धबारे छलफल गरिरहको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend