images

२०८३ आश्विन १७ गते

images
images
images

नेप्सेको सीइओका लागि ८ जनाको आवेदन

नेप्सेको सीइओका लागि ८ जनाको आवेदन

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि ८ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार सीइओ पदका लागि कुल ८ वटा आवेदन परेको छ। अब आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन गरिनेछ।मन्त्रालयका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। यो सम्पूर्ण छनोट प्रक्रिया टुंगिएर नेप्सेले नयाँ नेतृत्व पाउने मन्त्रालयले जनाएको छ। 

    images
    images

    सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि जस्ता विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। साथै, पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य मापदण्ड बनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend