images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, कतिमा...

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पश्चिम एसियामा जहाजहरूमाथि आक्रमण भइरहँदा स्ट्रेट अफ होर्मुज खुलाउने सम्बन्धमा भइरहेको वार्ताले सकारात्मक नतिजा दिने सम्भावना धूमिल बनेपछि बुधवार कच्चा तेलको भाउ बढेको हो ।उक्त दिन लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ प्रतिशतभन्दा धेरैले बढेर ९० डलर नजिक उक्लिएको थियो । ३ जीएमटीमा अक्टोबर डेलिभरीको ब्रेन्ट क्रुडको भाउ ८९ डलर ६१ सेन्टमा किनबेच भइरहेको थियो । यो फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नु अघिको तुलनामा २४ प्रतिशत धेरै हो ।

    images
    images

    ‘बजारले सम्झौता हुने आशा पूरै गुमाइसकेको छैन, तर विश्वास भने स्पष्ट रूपमा खस्कँदै गएको छ,’ सिड्नीस्थित केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले अल जजीरालाई भने ।‘देख्न सकिने प्रगति बिना वार्ता जति लामो समयसम्म लम्बिन्छ, र सुन्नमा आएका मागहरू जति जटिल हुन्छन्, त्यति नै व्यवहारिक सम्झौतामा छिटो पुग्न सकिन्छ भन्ने शङ्का बढ्छ,’ वाटररले भने । महिनाको सुरुमा सम्झौता हुने आशा धेरै रहेको भए पनि यो आशा थप सतर्कता, जोखिम–प्रिमियम–सञ्चालित अडानले प्रतिस्थापन गरिरहेको उनले बताए ।

    अरबी प्रायद्वीपलाई अफ्रिकाको हर्नबाट विभाजन गर्ने बाब अल–मन्डेब स्ट्रेटमा रहेको व्यावसायिक जहाजमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणमा ६ जनाको मृत्यु भएको यमन सरकारले मङ्गलवार जनाएको छ ।यस क्रममा प्रारम्भिक आक्रमणपछि उद्धार अभियानमा खटिएका सुरक्षा बलका दुई सदस्यहरूको समेत मृत्यु भएको बताइएको छ । इरानी बन्दरगाहहरूमाथि अमेरिकाले लगाएको नाकाबन्दी तोड्ने प्रयास गरेपछि पनामा झन्डा भएको कार्गो जहाजलाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले बताएको थियो ।

    images
    images

    इरान युद्ध अघि स्टेट अफ होर्मुज भएर विश्व भर खपत हुने झन्डै २० प्रतिशत तेल बाहिरिन्थ्यो । तर इरान युद्ध जारी रहँदा स्टेट अफ होर्मुज फेरि खोल्न इरान र अमेरिकाबिच सम्झौता हुने सम्भावना धूमिल बन्दै गएपछि गत हप्तायता तेलको भाउ फेरि बढ्न थालेको छ ।सोमबार १० वटा जहाज मात्रै स्टेट अफ होर्मुज आरपार भएका छन् । यो भनेको युद्ध सुरु हुनु अघिको तुलनामा निकै कम हो । इरानमाथि आक्रमण अघि यो जलमार्ग भएर दिनहुँ १३५ हाराहारीमा जहाज हिँड्थे । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend