images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्दै

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्दै

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फतआज साउन २७ गते ३० अर्ब रुपैयाँ खिच्न लागेको छ।निक्षेप संकलनको यो बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्।

    images
    images

    उक्त बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यसका लागि अपराह्न ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले निःशेष भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सक्नेछन्।यो ३५ दिने निक्षेप संकलन उपकरणको आउँदो भदौ ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend