images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआरएन डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ...

एनआरएन डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ निष्कासन गर्न सेबोनको स्वीकृति

एनआरएन डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामै आईपीओ निष्कासन गर्न सेबोनको स्वीकृति

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ । धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिमार्जन गर्दै बोर्डले मंगलबार फन्डलाई विदेशी मुद्रामै आईपीओ जारी गर्न अनुमति दिएको हो । 

    images
    images

    स्वीकृतिअनुसार फन्डले आफ्नो ८५ प्रतिशत सेयर विदेशी मुद्रामा लगानी गर्ने लगानीकर्तालाई निष्कासन गर्न पाउनेछ । विदेशी मुद्रामा गरिएको लगानी रिटर्नसमेत सोही मुद्रामा फिर्ता लैजान सकिने व्यवस्थासहित आईपीओ निष्कासनको अनुमति दिइएको हो । यससँगै एनआरएनमार्फत नेपालमा पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने बाटो थप सहज हुने अपेक्षा गरिएको छ ।एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ चैतमा दर्ता भएको थियो । कम्पनी स्थापना भएको करिब छ वर्षपछि उसले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै नेपालमा थप लगानी भित्र्याउने अवसर पाएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend