images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • कामना सेवा विकास बैंकका ग्राहकहरूलाई ...

कामना सेवा विकास बैंकका ग्राहकहरूलाई दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट

कामना सेवा विकास बैंकका ग्राहकहरूलाई दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकले धुलिखेल, काभ्रेस्थित  दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त रिर्सोटमा आफ्ना ग्राहकहरूलाई विशेष छुटसहितको सेवा प्रदान गर्न सम्झौता गरेको हो ।  

    images
    images

    सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

     बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ । 

    images
    images

    उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend