images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • विनय यादवको स्वास्थ्य गम्भीर, जीवनरक्षाका लागि...

विनय यादवको स्वास्थ्य गम्भीर, जीवनरक्षाका लागि मानव अधिकार आयोगको आग्रह

विनय यादवको स्वास्थ्य गम्भीर, जीवनरक्षाका लागि मानव अधिकार आयोगको आग्रह

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सरकारसँग भएका पुराना सहमतिको कार्यान्वयनको माग राख्दै यादव माइतीघरमा अनशनरत छन् ।

    images
    images

    आयोगले गरेको अनुगमनका क्रममा लामो समयको अनशनका कारण यादवको शरीरमा सुगर र रक्तचाप घट्दै गएको र अवस्था गम्भीर बन्दै गएको पाइएको छ । अनशन सुरु भएको १२ दिन बितिसक्दा समेत सरकारका तर्फबाट स्वास्थ्य उपचार वा वार्ताका लागि कुनै पहल नभएकोमा आयोगले चिन्ता व्यक्त गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा अनशनरत व्यक्तिको प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गरी जीवन रक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकारलाई विशेष आग्रह गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend