images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी...

अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई उच्च प्राथमिकता दिन परिसंघको आग्रह

अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई उच्च प्राथमिकता दिन परिसंघको आग्रह

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। मङ्गलबारदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्।अध्यक्ष पाण्डेका अनुसार नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने एक महत्त्वपूर्ण मञ्च हो। यस प्रकारका प्रदर्शनीले बजारमा नयाँ प्रविधिको जानकारी गराउनुका साथै भावी सम्भावनाहरूलाई उजागर गर्ने विश्वास उनले व्यक्त गरे।

    images
    images

    विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको र मन्दीको असर निजी क्षेत्र, सरकारी राजस्व, रोजगारी तथा उत्पादनमा परेको तर्फ उनले सङ्केत गरे। अटोमोबाइल क्षेत्र राजस्व योगदानमा प्रमुख हुनुका साथै निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा र पर्यटन जस्ता क्षेत्रहरूसँग प्रत्यक्ष जोडिएकाले यसको विशेष महत्त्व रहेको उनको भनाइ छ।सरकारले चालु आर्थिक वर्षका लागि राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा पाण्डेले जोड दिएका छन्। युवा जनशक्तिको पलायन रोक्न उद्योग, पूर्वाधार, सूचना प्रविधि र हरित ऊर्जाका क्षेत्रमा लगानी विस्तार गरी स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने सम्भावना उनले औँल्याए। यसका लागि स्थिर सरकार, नीतिगत स्थिरता, कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने निजी क्षेत्रको माग छ।

    अर्थतन्त्रको वर्तमान अवस्थाबारे बोल्दै उनले ‘विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको’ बताए। उनले थप्दै ‘आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार र समग्र आर्थिक गतिविधिमा परेको’ उल्लेख गरे।अटोमोबाइल क्षेत्रको भूमिका स्पष्ट पार्दै उनले ‘यो क्षेत्र सरकारलाई महत्त्वपूर्ण राजस्व योगदान गर्ने र ठुलो रोजगारी सिर्जना गर्ने क्षमता भएको क्षेत्र हो’ भने। उनले ‘यो निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बिमा, पर्यटन तथा यातायातजस्ता क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको’ बताउँदै पछिल्लो समय यस क्षेत्रमा देखिन थालेका सकारात्मक गतिविधि स्वागतयोग्य रहेको धारणा राखे।आर्थिक वृद्धिका विषयमा बोल्दै उनले ‘चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउन आवश्यक रहेको’ बताए। उनले ‘पुँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात र सहरी पूर्वाधारको विकास तीव्र हुने’ र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा पर्ने उल्लेख गरे। त्यसैले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने परिसंघको स्पष्ट धारणा रहेको उनले बताए।

    images
    images

    एक्स्पोको महत्वबारे चर्चा गर्दै उनले ‘अटोमोबाइल एक्स्पोहरू व्यापार प्रवर्धनका माध्यम मात्र नभई यिनले उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने’ विश्वास व्यक्त गरे।युवा पलायन र लगानीबारे बोल्दै उनले ‘नेपालको सबैभन्दा ठुलो शक्ति युवा जनशक्ति भए पनि हरेक वर्ष हजारौँ युवा बिदेसिन बाध्य भइरहेको’ बताए। उनले ‘उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन र मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके स्वदेशमै ठुलो सङ्ख्यामा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने’ औँल्याए। पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दिगो लगानी बढाउँदै निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यसले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण र समृद्धिको आधार बलियो बनाउने उनले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend