images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीका लागि वित्तीय...

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि ‘वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।बिहीबार आयोजित उक्त कार्यक्रममा ट्राफिक प्रहरीहरूलाई पुँजी बजार, डिजिटल बैंकिङ्ग सुरक्षा र यस क्षेत्रका चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीहरूको दीर्घकालीन आर्थिक सुरक्षालाई मध्यनजर गर्दै धितोपत्र बजारका विभिन्न पक्ष, लगानी गर्ने सही तरिका, यसका फाइदा तथा जोखिमहरूका बारेमा विज्ञहरूले प्रशिक्षण दिएका थिए।

    images
    images

    कार्यक्रमका वक्ताहरूले सडकमा जस्तै आर्थिक जीवनमा पनि अनुशासनको महत्त्व हुने चर्चा गरे। "सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य छ," वक्ताहरूले भने, "महिनाको सानो बचतबाट नै सुरक्षित लगानीको सुरुवात गर्न सकिन्छ, जसले भविष्यलाई समृद्ध बनाउन मद्दत गर्दछ।"लक्ष्मी सनराइज क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो। सहभागी प्रहरी कर्मचारीहरूमा बचत गर्ने र लगानी गर्ने बानीको विकास गरी उनीहरूलाई आर्थिक रूपमा सचेत बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

    उक्त सचेतना कार्यक्रममा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरू, आयोजक संस्थाका पदाधिकारीहरू तथा काठमाडौं उपत्यकामा कार्यरत ठुलो संख्यामा ट्राफिक प्रहरीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल वित्तीय कारोबारलाई कसरी सुरक्षित बनाउने र सेयर बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयमा आफ्ना जिज्ञासाहरू राखेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend