images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • उर्लाबारी नगरपालिकाले समयमै काम नगर्ने ६...

उर्लाबारी नगरपालिकाले समयमै काम नगर्ने ६ निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढायो

उर्लाबारी नगरपालिकाले समयमै काम नगर्ने ६ निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढायो

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको बताएको छ। कारबाही अघि बढाउने निर्णयपछि निर्माण व्यवसायीहरूबाट प्राप्त जवाफ चित्तबुझ्दो नभएपछि कार्यपालिका बैठकको निर्णय अनुसार सार्वजनिक सूचना जारी गरिएको नगरपालिकाले स्पष्ट पारेको छ।

    images
    images

    सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि उपस्थित हुनुपर्नेछ। तोकिएको १५ दिनभित्र मनासिब कारणसहित उपस्थित नभएमा खरिद सम्झौताको सर्त, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गरी नियमानुसार थप कारबाही अघि बढाउने चेतावनी नगरपालिकाले दिएको छ।नगरपालिकाको कारबाही प्रक्रियामा परेका आयोजनाहरूमा वडा नम्बर ९ को लामाटोल-भोटेपुल-डाँडा टोल-आम्बारी सडक निर्माण रहेको छ, जसको ठेक्का एच एन्ड सी, सिद्धिदात्री, सुम्निमा जेभी कमल-३ झापाले लिएको थियो। 

    यसैगरी हिङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स कम्पनी प्रालि रतुवामाई-१० मोरङले जिम्मा पाएका वडा नम्बर २, ४ र ९ को फ्याफुल्ला चोकदेखि वन अफिस जाने सडक, संयुक्तमार्ग तथा आम्बारी चक्रेटोल-डाँडा टोल हुँदै छिन्ताङ्गे टोलसम्मको सडक कालोपत्रे र वडा नम्बर ९ को जोरबाटो रानाटोल र महाराजथान सडक कालोपत्रे योजना पनि अलपत्र परेका छन्।त्यस्तै सिङ्घा निर्माण सेवा झापाको ठेक्कामा रहेको वडा नम्बर ४ र ७ को भद्रमारी मार्ग सडक तथा ड्रेन निर्माण, न्यु कञ्चनजङ्घा कन्स्ट्रक्सन उर्लाबारी मोरङले जिम्मा लिएको वडा नम्बर १ को अविरल चोकदेखि पश्चिम खयरबट्टी होलिमा कलभर्ट र नमुना सुकुमबासी बस्ती झाँर्सादी होलिमा कलभर्ट निर्माण कार्य पनि अधुरै छ। डायमोनिक कन्स्ट्रक्सन महालक्ष्मी-२ धनकुटाले ठेक्का पाएको वडा नम्बर १, ४, ७ र ९ को सडक मर्मत कार्य समेत तोकिएको समयमा पूरा नभएपछि नगरपालिकाले ठेक्का तोड्ने प्रक्रिया थालेको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend