images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंकको...

वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंकको सन्देश

वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंकको सन्देश

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा सचेत, सुरक्षित र जिम्मेवार बन्न सर्वसाधारणलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थामार्फत हुने कारोबारमा आवश्यक सावधानी अपनाउन र आफ्नो वित्तीय जानकारी सुरक्षित राख्न केन्द्रीय बैंकले जोड दिएको हो ।

    images
    images

    राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्दै सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय सेवाको सुरक्षित र प्रभावकारी प्रयोगका लागि सचेत रहन आग्रह गरेको छ । डिजिटल बैंकिङ तथा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएकाले व्यक्तिगत वित्तीय विवरण, पासवर्ड, ओटीपी तथा अन्य संवेदनशील जानकारी गोप्य राख्नुपर्नेमा बैंकले जोड दिएको छ ।

    बैंकले अपरिचित व्यक्ति, फोन नम्बर, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आउने शंकास्पद लिंक तथा सन्देशमा विश्वास नगर्न र त्यस्ता माध्यमबाट माग गरिने बैंक खाता, कार्ड, पासवर्ड वा ओटीपीजस्ता विवरण उपलब्ध नगराउन आग्रह गरेको छ ।

    images
    images

    त्यसैगरी, बैंकिङ कारोबार गर्दा आधिकारिक बैंक तथा वित्तीय संस्थाका माध्यम मात्र प्रयोग गर्न र कुनै पनि शंकास्पद कारोबार वा गतिविधि देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

    वित्तीय साक्षरता तथा सचेतना अभिवृद्धि गर्नु सुरक्षित वित्तीय प्रणाली निर्माणको महत्वपूर्ण आधार भएकाले सर्वसाधारणले आफ्नो आम्दानी, खर्च, बचत तथा ऋण व्यवस्थापनमा समेत सजगता अपनाउनुपर्ने राष्ट्र बैंकको सन्देश छ ।

    राष्ट्र बैंकले वित्तीय सेवाको प्रयोग गर्दा सेवा तथा कारोबारका सर्त, शुल्क, ब्याजदर र अन्य आवश्यक विवरण बुझेर मात्र निर्णय लिनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

    May be a graphic of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend