काठमाडौं, २५ साउन । अमेरिकाको कमजोर रोजगारी प्रतिवेदनपछि तत्काल ब्याजदर बढ्ने सम्भावना घट्दा सोमबार एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ। वाल स्ट्रीटको सुधारले लगानीकर्ताको मनोबल बढाएको छ।
मध्यपूर्वको तनावका कारण भने कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.३२ अमेरिकी डलर पुगेको छ। आगामी अमेरिकी मुद्रास्फीति तथ्यांकले फेडरल रिजर्भको ब्याजदर नीतिमा प्रभाव पार्ने भएकाले लगानीकर्ताको ध्यान त्यसतर्फ केन्द्रित भएको छ।
एसियाली बजारमा जापानको निक्केई ०.६ प्रतिशत, दक्षिण कोरिया ०.५ प्रतिशत र एसिया–प्रशान्त क्षेत्रको एमएससीआई सूचक ०.३ प्रतिशतले बढेको छ।




.gif)





