images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • पहिलो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावरको ...

पहिलो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावरको नाफा करिब ७० लाख

पहिलो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावरको नाफा करिब ७० लाख

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं ।दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ४ लाख ९५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म यो कम्पनी ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

    images
    images

    वित्तीय खर्च बढी हुँदा गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढी भएको थियो । गत असार मसान्तसम्म कम्पनीले वित्तीय खर्च शिर्षकमा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्चिएको थियो । पहिलो त्रैमाससम्म भने कम्पनीको वित्तीय खर्च कम भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।

    यस वर्ष कम्पनीले वित्तीय खर्च शिर्षकमा १ करोड ४३ लाख रुपैयाँभन्दा बढी मात्र खर्चिएको छ । विद्युत विक्री आम्दानी पनि गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष ३ करोड ४६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।

    images
    images

    हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २९ करोड ८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिन्छ । अल्पकालिन कर्जा ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको दिर्घकालिन कर्जा भने ५६ करोड १० लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १० रुपैयाँ ४५ पैसा छ । कम्पनीका पूर्व कर्मचारीहरुले पारिश्रमिक भुक्तानीका सम्बन्धमा चित्त नबुझी कम्पनी विरुद्ध श्रम अदालत, काठमाडौंमा हालेको मुद्दा फैसला उपर कम्पनीलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा कम्पनीले मुद्दा हालेको उल्लेख गरेको छ ।

    उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको कम्पनीको भनाई छ । साथै आयोजको सिभिल निर्माण कार्यका ठेकेदारले डिजाईन नक्सा अनुरुप कार्य नगरी कम्पनीलाई क्षति पुगेकाले सम्झौता अनुसार हर्जाना भराई पाउँ भनी पाटन उच्च अदालतमा मुद्दा दायर भएको समेत कम्पनीले जानकारी दिएको छ । उक्त मुद्दा  पनि हाल विचाराधीन अवस्थामै रहेको कम्पनीको भनाई छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend