images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र...

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • दमौली (तनहुँ), २३ साउन । सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन । तर, जिल्ला प्रशासन कार्यालय तनहुँले भने राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनसमेत कार्यालय खोलेर सेवा दिन थालेको छ ।

    images
    images

    नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीका लागि बिदाको दिन सेवा दिँदा सहज हुने भएकाले यसलाई कार्यान्वयन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    व्यास नगरपालिका–२ निवासी अपेक्षा सुनारले बिदाको दिन सेवा लिन पाउँदा आफू प्रत्यक्ष लाभ लिने सेवाग्राहीमध्ये एक भएको बताए । सत्यवती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनलाई विद्यालय सञ्चालन हुने दिन प्रशासन कार्यालय पुगेर राष्ट्रिय परिचयपत्र बनाउन समस्या थियो । विद्यालयको पढाइ प्रभावित हुने भएकाले उनले बिदाको दिनको फाइदा लिएको छ । 

    images
    images

    प्रशासन कार्यालयले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिएकाले बिदाको दिन कार्यालय पुगेर उनले आफ्नो परिचयपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरेको छ । “अरू दिन विद्यालय जानुपर्छ । बिदाको दिन कार्यालय खुलेर सेवा दिएपछि धेरै सहज भयो”, उनले भने । 
     
    सुनारको जस्तै समस्या धेरै विद्यार्थी तथा नियमित कार्यालय समयमा व्यस्त रहने सेवाग्राहीको छ । राष्ट्रिय परिचयपत्र अहिले विभिन्न सरकारी सेवा, राहदानीलगायत काममा आवश्यक पर्ने महत्त्वपूर्ण कागजपत्र बन्दै गएपछि यसको आवश्यकता बढेको छ । सोही कारणले जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ ।

    राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सेवा प्रदान गरिँदै आइएको छ ।

    उनका अनुसार कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि नियमित कार्यदिनमा मात्रै सेवा दिँदा धेरै सेवाग्राहीले समय व्यवस्थापन गर्न समस्या भोग्नुपर्ने अवस्था आएपछि बिदाको दिनसमेत सेवा सञ्चालन गरिएको हो ।

    विशेषगरी विद्यार्थी, निजी क्षेत्रमा कार्यरत कर्मचारी, व्यवसायी तथा नियमित कार्यालय समयमा आफ्नो काममा व्यस्त रहने नागरिकका लागि बिदाको दिनको सेवा प्रभावकारी हुने प्रशासनको अपेक्षा छ । कार्यालयले सेवाग्राहीको भीडलाई व्यवस्थित बनाउन टोकन प्रणालीलाई प्राथमिकता दिएको छ । 

    यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवाग्राहीलाई तोकिएको मितिमा कार्यालयबाट टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिन आग्रह गरे । यसले एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा जम्मा हुँदा उत्पन्न हुने भीड कम गर्नुका साथै सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्ने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend