images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • सर्वोच्च अदालतद्धारा हिमाल आइरनले दर्ता गरेको...

सर्वोच्च अदालतद्धारा हिमाल आइरनले दर्ता गरेको रिट खारेज

सर्वोच्च अदालतद्धारा हिमाल आइरनले दर्ता गरेको रिट खारेज

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरण विरुद्ध हिमाल आइरन एण्ड स्टीलले दर्ता गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लोडसेडिङको बेला ट्रंक लाइनबाट प्रयोग गरेको विद्युत्मा प्रिमियम शुल्क तिर्न नपर्ने भन्दै प्राधिकरण विरुद्ध उक्त उद्योगले २०७५ फागुनमा सर्वोच्चमा रिट हालेको थियो, जुन रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेका हो ।

    images
    images

    मंगलबार प्रधान न्यायाधिश प्रकाशमान सिंह राउत र न्यायाधिश महेश शर्मा पौडेलको संयुक्त इजालसले उक्त रिट खारेज गर्ने फैसला गरेको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।उद्योगले प्रिमियम महशुल तिर्न नपर्ने, यस सम्बन्धी प्राधिकरणको निर्णय बदर गर्नुपर्ने लगायतका माग सहित रिट दर्ता गरेको थियो । साढे पाँच बर्षपछि सर्वोच्चले उक्त रिट दावी गरेको हो । दावी नपुगेको भन्दै सर्वोच्चले उक्त रिट खारेज गरेको हो । 

    प्राधिकरणले लोडसेडिङको बेला डेडीकेटेड फिडर र ट्रंक लाइन मार्फत उद्योगहरुमा २४ घण्टासम्म विद्युत् दिएको थियो । त्यसबापत ६५ प्रतिशत प्रिमियम शुल्क लिने शर्त थियो । त्यसमा केही उद्योगीहरुको प्रिमियम महशुल विवादमा छ । उनीहरुले नियमित शुल्क त्यसबेला नै तिरेपनि प्रिमियम महशुल भने तिरेका छैनन् । 

    images
    images

    प्राधिकरणले टीओडी मिटरको डाटा दिएमा बक्यौता तिर्ने उनीहरुको अडान छ । प्राधिकरणले भने छुट बिल मार्फत बक्यौता तिर्न ताकेता गर्दै आएको छ । त्यस विरुद्ध हिमाल आयरन तथा स्टील सर्वोच्चमा गएको थियो ।तर, त्यो रिट खारेज भएको छ । २०७२ माघ  देखि २०७५ बैशाखसम्मको अवधीमा यो उद्योगको बक्यौता १३ करोड ६५ लाख एक हजार रुपैयाँ छ । 

    पछिल्लो पटक यस्तो बक्यौता बाँकी उद्योग ४९ थिए । उनीहरुलाई बक्यौता तिर्न गत कात्तिक ८ गतेसम्मको म्याद दिइएको थियो । त्यो अवधीमा ६ उद्योगले बक्यौता तिरेका थिए । त्यसपछि बाँकी भएका ४३ मध्ये ३४ उद्योगमा लाइन काटीएको थियो । त्यसमा हिमालन आयरन तथा स्टील पनि छ । अदालतबाट स्टे अडर पाएका सात र दुई सरकारी उद्योगमा लाइन काटीएको थिएन । 

    लाइन काटिएका मध्ये छ उद्योगले बक्यौता तिर्न सुरु गरेपछि लाइन जोडिएको छ । त्योबाहेक २८ उद्योगमा लाइन काटीएकै अवस्था छ । यो बाहेक दुई सरकारी उद्योगले पनि बक्यौता तिर्ने प्रक्रिया अघि बढाएका छन् । स्टे अर्डर पाएका सात उद्योगले पनि बक्यौता तिर्न सुरु गरेका छैनन् । 

    गत कात्तिक १४ गते प्राधिकरणको सञ्चालक समितिले यस्तो बक्यौता तिर्न उद्योगलाई दिने किस्ता सुविधा २८ बाट बढाएर ५६ पुर्याउने निर्णय गरेको छ । यस्तै प्रशासनिक पुनरावलोकन प्रक्रियामा राख्नुपर्ने धरौटी पनि २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा सिमित गरिएको छ । तर, हालसम्म त्योअनुसार बक्यौता तिर्ने गरि कुनै उद्योग आएका छैनन् । तिहार र छठ विदाका कारण उद्योगहरु आउन नभ्याएको बताइएको छ । सम्भवतः छठ पछि उद्योगहरु नयाँ सुविधा अन्तरगत बक्यौता तिर्न आउने प्राधिकरणको भनाइ छ । पहिलो किस्ता बुझाएमा मात्रै उद्योगमा लाइन जोड्ने प्राधिकरणको अडान छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend