images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • एभोकाडोकै लागि मेक्सिकोले गर्‍यो १५०० सैनिक...

एभोकाडोकै लागि मेक्सिकोले गर्‍यो १५०० सैनिक परिचालन

एभोकाडोकै लागि मेक्सिकोले गर्‍यो १५०० सैनिक परिचालन

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • मिचोआकान । मेक्सिकोले प्रमुख एभोकाडो उत्पादन क्षेत्र मिचोआकानमा १५०० भन्दा बढी सैनिक तथा नेसनल गार्डका सुरक्षाकर्मी परिचालन गरेको छ । अमेरिकाले सुरक्षा जोखिम देखाउँदै मिचोआकानबाट एभोकाडो निर्यातका लागि आवश्यक निरीक्षण अस्थायी रूपमा रोकेपछि मेक्सिकोले यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको हो ।अमेरिकी कृषि विभाग (यूएसडीए)का अधिकारीले निर्यातअघि एभोकाडोको अनिवार्य निरीक्षण गर्ने गर्छन् । ती निरीक्षण रोकिएपछि मिचोआकानबाट अमेरिकी बजारतर्फ नयाँ एभोकाडोको नयाँ लट पठाउन समस्या उत्पन्न भएको छ । अमेरिकाले अगस्ट ५ मा मिचोआकानमा अमेरिकीका लागि खतरा रहेको भन्दै सरकारी गतिविधि अस्थायी रूपमा रोकेको थियो ।

    images
    images

    मिचोआकान मेक्सिकोको एभोकाडो उत्पादनको मुख्य केन्द्र हो । सन् २०२६ मा मेक्सिकोले कुल १३ लाख १० हजार मेट्रिक टन एभोकाडो निर्यात गर्ने अनुमान गरिएको छ, जसमध्ये करिब १२ लाख टन अमेरिका जाने अपेक्षा छ । अर्थात् मेक्सिकोको एभोकाडो निर्यातको ठुलो हिस्सा अमेरिकी बजारमा निर्भर छ ।क्षेत्रमा लामो समयदेखि संगठित अपराध र एभोकाडो व्यवसायीमाथि जबर्जस्ती रकम असुलीको समस्या छ । यही सुरक्षा जोखिमका कारण विगतमा पनि अमेरिकी निरीक्षण प्रभावित भएको थियो । पछिल्लो घटनापछि मेक्सिको र अमेरिकी अधिकारीहरू निरीक्षण पुनः सुरु गर्ने उपायबारे छलफल गरिरहेका छन् ।

    हालको अस्थायी रोकले तत्काल अमेरिकी बजारमा ठुलो अभाव नहुने मेक्सिकाको एभोकाडो संघले जनाएको छ । बजारमा रहेको भण्डार र आपूर्ति शृङ्खलामा रहेका उत्पादनले निकट अवधिको माग धान्न सक्ने उसको भनाइ छ । तर निरीक्षण लामो समयसम्म रोकिएमा किसान, निर्यातकर्ता, ढुवानी व्यवसाय र अमेरिकी उपभोक्तामाथि ठुलो असर पर्न सक्ने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend