images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा...

आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा श्वेत गंगा हाइड्रोपावरको नाफा ९,७५८ प्रतिशतले बढ्यो

आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा श्वेत गंगा हाइड्रोपावरको नाफा ९,७५८ प्रतिशतले बढ्यो

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ ।  श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ हजार ७५८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीको नाफा १७ लाख ९९ हजार रुपैयाँ  थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ७८ करोड ६५ लाखबाट बढेर ८४ करोड ७० लाख पुगेको छ ।

    images
    images

    यता, वित्तीय खर्च ४२ करोड २७ लाखबाट घटेर ३१ करोड ४७ लाख कायम भएको छ ।  आम्दानी बढ्दा र वित्तीय खर्च कम हुँदा नाफामा सुधार आएको हो । १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ ऋणात्मक छ । अन्य जगेडामा ४३ लाख ८८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८३.६५ रुपैयाँ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend