images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई...

एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने

एनएमबि सरल बचत फण्ड–इ ले इकाईधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौँ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमिब क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८२/८३ को लागि आकर्षक प्रतिफल वितरण गर्ने भएको छ ।२०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८.४० रुपैयाँको ५.२५ प्रतिशत (कर सहित) को दरले हुन आउने रकम २५ करोड ६८ लाख १७ हजार १८८.८७ बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ । उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।

    images
    images

    प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ । साथै लाभांश पुनर्लगानी (डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लान) रोज्ने इकाईधनीहरूले प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ । पुनर्लगानीमा सहभागी नहुने इकाईधनीहरूको प्रतिफल कर कट्टीपश्चात सम्बन्धित बैंक खातामा जम्मा गरिनेछ ।एनएमबि क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीले आगामी दिनमा पनि बजारको अवस्था, लगानी अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend