images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप संकलन गर्दै

images
images
शुक्रवार, श्रावण २२ २०८३
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँबराबरको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले शुक्रबार प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्र बोलकबोल गर्नुपर्नेछ ।बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २२ गते हुनेछ । बोलकबोलमा न्यूनतम १० करोडदेखि अधिकतम १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ ।

    images
    images

    निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोलबाट कुल निष्काशित रकमभन्दा बढी रकमको माग भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ ।नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट खर्च गरी लिइने र संकलित निक्षेपका लागि छुट्टै खाता खोली जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ ।

    निक्षेप संकलन उपकरणको भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । उक्त निक्षेप रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन । यद्यपि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ ।संकलित निक्षेप रकम भुक्तानी मितिअघि सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा प्रि–म्याच्योर भुक्तानी गर्न पाइने छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend