images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पछिल्लो २४ घण्टामा एक हजार १७३...

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधन माथि कारबाही गरेको छ । कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् । 

    images
    images

    त्यसपछि सिसिटिभी मार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सिसिटिभी मार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन् । 

    images
    images

    उनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend