images

२०८३ आश्विन १७ गते

images
images
images

गरिमा विकास बैंकको नाफा बढ्यो, लाभांश क्षमता पनि मजबुत

गरिमा विकास बैंकको नाफा बढ्यो, लाभांश क्षमता पनि मजबुत

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ, २१ साउन । गरिमा विकास बैंक लिमिटेड (जीबीबीएल)ले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, प्रतिशेयर आम्दानी (ईपीएस) तथा वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार भएको जनाएको छ।

    images
    images

    बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँबाट ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ कायम भएको छ।

    असुलीमा सुधार र जोखिम व्यवस्थापन प्रभावकारी बन्दा इम्पेरमेन्ट चार्ज ६४ करोड ७० लाख रुपैयाँबाट घटेर ४ करोड ९० लाख रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ। यससँगै प्रतिशेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ।

    images
    images

    लाभांश क्षमतामा पनि बैंकले उल्लेख्य सुधार गरेको छ। नियमनकारी समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ, जसले बैंकको लाभांश वितरण क्षमता बलियो रहेको संकेत गर्छ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ भने कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ। निक्षेप ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ र कर्जा प्रवाह ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। साथै, बैंकको कुल सम्पत्ति ८.२१ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend