images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • ७ वर्षमा बल्ल सकियो चिलिमे–त्रिशूली प्रशारण...

७ वर्षमा बल्ल सकियो चिलिमे–त्रिशूली प्रशारण लाइन

७ वर्षमा बल्ल सकियो चिलिमे–त्रिशूली प्रशारण लाइन

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • ६ वर्ष १० महिनामा चिलिमे–त्रिशूली प्रशारण लाइन निर्माण सम्पन्न भएको छ। निर्माण पूरा भएसँगै सो प्रशारण लाइनको परीक्षणको तयारी थालिएको छ।

    images
    images

    भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको २२० केभी क्षमताको सो प्रशारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो। 

    प्रशारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न सहज भएको छ। 

    images
    images

    नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेत देखि मातातीर्थ सम्मको प्रशारण लाइन निर्माण गरेको हो। त्यसमध्ये त्रिशूली देखि मातातीर्थ सम्मको प्रशारण लाइन यस अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। 

    उक्त प्रशारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेत देखि पहिरेबेँसी सम्म २८ र पहिरेबेँसी देखि  राजधानीको मातातीर्थ सम्म ४८ किलोमिटर छ। 

    प्राधिकरणको हाई भोल्टेज ग्रिड विभागका निर्देशक थर्कबहादुर थापाले प्रशारण लाइन निर्माण सम्पन्न भएको र अब परीक्षण प्रशारण थालिने जानकारी दिए। 

    प्रशारण लाइनको कूल लागत ३ अर्ब ६२ करोड रुपैयाँ बराबर छ। आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो। 

    भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोन समेत प्रयोग गर्नुपरेको थियो।  

    प्रशारण लाइन पूरा भए सँगै १११ मेगावाट रसुवागढी, ४२ दशमलव ५ मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वन, त्रिशूली थ्रीबीको ३७ दशमलव ३ मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend