images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • दुई दिनको गिरावटपछि हरियो बन्यो नेप्से,...

दुई दिनको गिरावटपछि हरियो बन्यो नेप्से, परिसूचक ४.७९ अंकले बढ्यो

दुई दिनको गिरावटपछि हरियो बन्यो नेप्से, परिसूचक ४.७९ अंकले बढ्यो

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार घटेको बजार आज भने बढेर बन्द भएको हो ।दुई दिनको गिरावटमा ब्रेक लागेको बजार ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने १२२ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले घटेर ४६७.३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सामान्य अंकले बढेको दिन सेयर बजारमा ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।आज ३५० कम्पनीका १ करोड ६७ हजार ७३२ कित्ता सेयर ६१ हजार २८६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको काारेबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend