images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीको ठेक्का...

सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द

सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार काम नगर्ने र निर्माणमा ढिलासुस्ती गर्ने एक निर्माण कम्पनीको ठेक्का रद्द गरेको छ । कार्यालयले कालिकोट जिल्लाका विभिन्न खोलामा पुल निर्माणको जिम्मेवारी पाएको ‘एम–एस बीकोई विल्डर्स प्रा.लि’ सँगको सम्झौता रद्द गरेको हो ।बुधवार एक सार्वजनिक सूचना जारी गर्दै सडक डिभिजनले सुर्खेत–महालेख–नग्मा–गमगढी सडक खण्ड अन्तर्गत तिला नदी, ग्याल्दो र पादिमघाट खोलामा ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा पुल निर्माणका लागि गरिएको ठेक्का अन्त्य गरिएको जानकारी दिएको छ ।

    images
    images

    सूचनाका अनुसार निर्माण व्यवसायीले सम्झौता भएको ६ महिनाभित्र पुलको डिजाइन र वातावरणीय अध्ययन प्रतिवेदन बुझाइसक्नुपर्ने सर्त थियो । तर, लामो समय बितिसक्दा पनि कम्पनीले डिजाइन स्वीकृत गराउन कुनै चासो नदेखाएको र निर्माण कार्य सुरु गर्न तत्परता नदेखाएको कार्यालयको ठहर छ ।खरिद सम्झौताको दफा ७२.२ बमोजिम यसलाई ‘सम्झौताको गम्भीर उल्लङ्घन’ मान्दै सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को आधारमा ठेक्का रद्द गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ । कार्यालयले ठेक्का रद्द गरिएसँगै सम्बन्धित निर्माण व्यवसायीलाई यो सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत निर्देशन दिएको छ । तोकिएको समयभित्र फरफारक नगरे नियमानुसार थप प्रक्रिया अगाडि बढाइने समेत सूचनामा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend