काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री भएको छ । बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार साउन १२ गते उक्त लिलाम सेयर बाँडफाँड गरिएको हो ।कम्पनीले हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता सेयर पहिलोचोटी गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्री गर्ने गरी बोलपत्र आह्वान गर्दा साविकका संस्थापक सेयरधनीहरूबाट निवेदन परेको थिएन । संस्थापक सेयधरनीहरूबाट निवेदन प्राप्त नभएपछि कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारण सहित सबैले खरीद गर्न पाउने निर्णय गरी दोस्रोपटक असार २५ गतेदेखि साउन १ गतेसम्म बोलपत्र आह्वान गरेको थियो ।
उक्त अवधिभर सेयर खरीदका लागि परेका गोप्य शिलबन्दी बोलपत्रहरू साउन ७ गते खोली आवश्यक रुजू गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम, निर्देशिकाको अधीनमा रही साउन १२ गते बाँडफाँड गरिएको हो । बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ११२.६० रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रूपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।




.gif)



