images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • वर्षायाममा बीपी राजमार्ग जोखिमपूर्ण, पुनर्निर्माणमा ढिलाइले...

वर्षायाममा बीपी राजमार्ग जोखिमपूर्ण, पुनर्निर्माणमा ढिलाइले यात्रु सास्तीमा

वर्षायाममा बीपी राजमार्ग जोखिमपूर्ण, पुनर्निर्माणमा ढिलाइले यात्रु सास्तीमा

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बीपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्‍याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ ।काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बीपी राजमार्गको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा यात्रु तथा सवारी चालकहरू उच्च जोखिममा यात्रा गर्न बाध्य भएका छन् ।

    images
    images

    तीन वर्षअघि रोशी खोलामा आएको बाढीले राजमार्गको विभिन्न भाग बगाएपछि खोलाको किनार हुँदै अस्थायी सडक निर्माण गरेर सवारी सञ्चालन गरिएको छ । तर, माथिबाट निरन्तर झर्ने लेदो र हिलोका कारण यात्रा थप जोखिमपूर्ण बन्दै गएको छ ।सवारी चालकहरूका अनुसार रोशी खोला तथा त्यसका सहायक खोलाहरूमा वर्षासँगै आउने बाढीले जुनसुकै बेला सडक बगाउने जोखिम रहन्छ । जलाधार क्षेत्रमा वर्षा सुरु हुनासाथ प्रहरीले सुरक्षाका लागि सवारी आवागमन रोक्ने गरेको छ । कतिपय दिनमा तीन–चार पटकसम्म यातायात अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।रोशीका सहायक खोलाहरूमा आउने बाढीले विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन बगाउने घटना पटक–पटक दोहोरिने गरेको स्थानीयले बताएका छन् । यसले यात्रुको सुरक्षाप्रति थप चिन्ता बढाएको छ ।

    यस वर्ष वर्षायामअघि नयाँ ट्र्याकबाट सवारी सञ्चालन गर्ने योजना भए पनि केही स्थानबाहेक अधिकांश क्षेत्रमा अझै अस्थायी सडककै भरमा यातायात सञ्चालन भइरहेको छ । समयमै पुनर्निर्माण सम्पन्न हुन नसक्दा बीपी राजमार्ग प्रयोग गर्ने हजारौं यात्रुको यात्रा अझै जोखिमपूर्ण बनेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend