काठमाडौँ । सफ्टी हाइजिन प्रा.लि. नेपालमा व्यक्तिगत सरसफाइ सामग्री उत्पादन गर्ने अग्रणी स्वदेशी कम्पनीमध्ये एकका रूपमा स्थापित भएको छ। कम्पनीले स्यानेटरी प्याड, बेबी डाइपर, बेबी वाइप्स, टिस्यु पेपर तथा अन्य व्यक्तिगत सरसफाइ सामग्री उत्पादन गर्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गरिरहेको छ।
सन् २०१० देखि सञ्चालनमा रहेको कम्पनीले गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ सरसफाइ सामग्री उत्पादनमार्फत नेपाली उपभोक्ताको विश्वास जित्दै आएको जनाएको छ। आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणालीमार्फत महिलाको स्वास्थ्य, शिशु हेरचाह तथा दैनिक सरसफाइका लागि आवश्यक सामग्री उत्पादनमा कम्पनीले विशेष ध्यान दिँदै आएको छ।
कम्पनीले आफ्नो उत्पादन दायरा विस्तार गर्दै स्यानेटरी प्याड, विभिन्न आकारका बेबी डाइपर, बेबी वाइप्स, मेकअप क्लिन्जिङ वाइप्स, फेसियल टिस्यु, ह्यान्ड टावल तथा अन्य टिस्युजन्य सामग्री बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका उत्पादनहरू नेपालभर वितरण सञ्जालमार्फत उपभोक्तासम्म पुगिरहेका छन्।
सफ्टी हाइजिनले स्वदेशी उत्पादन प्रवर्द्धन, गुणस्तरीय व्यक्तिगत सरसफाइ सामग्रीको सहज उपलब्धता तथा महिला र बालबालिकाको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यका साथ काम गरिरहेको जनाएको छ। कम्पनीले उत्पादनको गुणस्तर, नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।





.gif)





