images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्से सामान्य अंकले घट्यो, कारोबार साढे...

नेप्से सामान्य अंकले घट्यो, कारोबार साढे ४ अर्ब माथि

नेप्से सामान्य अंकले घट्यो, कारोबार साढे ४ अर्ब माथि

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम दिन बढेको बजार आज भने १.२० अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नप्से परिसूचक २६८४.३३ विन्दुमा पुगेको छ । कारोबार अवधिमा सेयर बजार परिसूचक २७०५ विन्दुसम्म पुगेर फर्किएको हो । आज सेयर बजारमा १४१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १२६ कम्पनीको सेयर मुल्य आज घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मुल्य आज स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.४९ अंकले बढेर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४७०.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्य घटेको छ । 

    images
    images

    परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । आज सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend