images

२०८३ आश्विन २० गते

images
images
images

अक्टोबरमा भित्रिए एक लाख २४ हजार पर्यटक, कहाँबाट कति ?

अक्टोबरमा भित्रिए एक लाख २४ हजार पर्यटक, कहाँबाट कति ?

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । सन् २०२४ को अक्टोबर महिनामा एक लाख २४  हजार पर्यटक भित्रिएका छन्।पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख २४ हजार पर्यटक भित्रिएका हुन्। अघिल्लो महिना सेप्टेम्बरमा ९६ हजार पर्यटक भित्रिएका थिए।

    images
    images

    पर्यटकीय सिजन भएकाले पर्यटक आगमनमा केही वृद्धि भएको देखिन्छ। सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ। यद्यपी यसपालि पर्यटकीय सिजनका लागि यो संख्याभन्दा धेरै नै आउने अपेक्षा गरिएको थियो। 

    तर गत महिना अविरल वर्षाका कारण बाढी र पहिरो जादा पर्यटकको आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए। ‘पर्यटकीय सिजनमा हामीले डेढ लाख बढि पर्यटक आउँछन भन्ने आकलन थियो तर बाढी पहिरो गएकाले अघिल्लो महिना पर्यटकले बुकिङ रद्द गरे त्यसैले आगमन केही घट्यो,’ उनले  भने। 

    images
    images

    यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै १६ हजार ३१३ भारतीय पर्यटक रहेका छन्। तर यो संख्या अघिल्लो माहिनाको तुलनामा १३ प्रतिशतले कम हो। चाडपर्व लगायतको सिजन र बाढी पहिरोकै कारण संख्या घटेको उनी बताउँछन्। त्यस्तै, अमेरिकाबाट १६ हजार, चीनबाट ७ हजार, अस्ट्रेलियाबाट ६ हजार, श्रीलंकाबाट १ हजार, बेलायतबाट ८ हजार पर्यटक आएका छन्। त्यसैगरी, बंगलादेशबाट ४ हजार, जर्मनीबाट ६ हजार र इटालीबाट २ हजार पर्यटक भित्रिएका छन्। 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend