images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो, सुन...

नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो, सुन प्रतितोला २ लाख ८४ हजार

नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो, सुन प्रतितोला २ लाख ८४ हजार

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    संघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend