images

२०८३ आश्विन १६ गते

images
images
images
  • मूख्य समाचार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौँः  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गते देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावन मार्गको कार्य क्षमता बढाउनका लागि रनवे सँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउनु पर्ने भएकाले त्यस प्रयोजनका लागि विमानस्थल बन्द गरिने जनाइएको छ ।

    images
    images

    विमानस्थलको धावन मार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकाले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएको स्रोतको भनाइ छ । धावन मार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको  छ  ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend