images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव...

ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प–१ मा ल्याइने

ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प–१ मा ल्याइने

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • पाकिस्तानको ब्रोड पिक हिमालमा मृत फेला परेका आरोहीहरूको शव आज क्याम्प–१ मा ल्याइने भएको छ। आरोहीहरूको उद्धार तथा व्यवस्थापनका लागि पाकिस्तान पुगेका सांसद एवम् निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा डेभिड शेर्पाले दिएको जानकारी अनुसार निधन भएका आरोहीहरूको शवलाई सुरक्षित रूपमा घर फर्काउने अहिलेको मुख्य प्राथमिकता र उद्देश्य रहेको छ।

    images
    images

    शेर्पाले भने,‘आज ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प– १ सम्म ल्याउने योजनामा छ । त्यसपछि भोलि टोली जापानी क्याम्प ल्याउने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर  सम्भावना रहेको छ । उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । हरेक निर्णय टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर लिइँदै छ ।'पाकिस्तानको ब्रोड पिकमा आरोहणको क्रममा नेपाली ६ जनासहित १० आरोही हिमपहिरोमा पुरिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend