images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु...

निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई ५ लाख जरिवाना

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा निर्देशन उल्लघन गर्ने तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको हो ।

    images
    images

    प्रभु बैंक र तत्कालीन सीईओलाई जरिवाना

     प्रभु बैंकले राष्ट्र बैंकका निर्देशनहरू बारम्बार बेवास्ता गरेको, कर्जा वर्गीकरण नगरेको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । विशेष गरी, बैंकले राष्ट्र बैंकमा पेस गरेको कर्जा विवरण र आफ्नै बैंकिङ सिस्टमको विवरण फरक-फरक भेटिएपछि तत्कालीन सीईओ अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको जनाएको छ । साथै, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएका कमजोरी समयमै सुधार नगरेको भन्दै बैंक सञ्चालक समितिलाई आगामी दिनमा गल्ती नदोहोर्‍याउने सर्तमा ‘कबुलियतनामा’ गराइएको छ ।

    images
    images

    राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक

    सरकारी स्वामित्वका दुई बैंकहरू राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पनि कारबाही स्वरूप सचेत गराइएको छ । राष्ट्रिय वाणिज्य बैंकले खाता रोक्का तथा फुकुवा सम्बन्धी राष्ट्र बैंकको निर्देशन र आफ्नै विनियमावली पालना नगरेको पाइएको छ भने कृषि विकास बैंकले सम्बन्धित निकायको अनुरोध समयमै पालना गरी खाता रोक्का नगरेको र निर्देशन उल्लघन गरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम दुवै बैंकलाई सचेत गराइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend